कांग्रेस महाधिवेशन प्रतिनिधिमा मन्त्री चौधरी निर्विरोध
दाङ - नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा डिल्लीबहादुर चौधरी निर्विरोध चयन भएका छन् । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीसमेत रहेका उनी दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।
थारु कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका हुन् । यस्तै थारु महिना कोटाबाट कल्पना चौधरी निर्विरोध निर्वाचित भएकी छन् । क्षेत्र नम्बर ३ मा एक सयभन्दा बढी थारु प्रतिनिधि चुनिएका छन् । यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ राज्य मन्त्री अर्जुन श्रेष्ठ आदिवासी जनजातिको कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै आदिवासी जनजाति कोटाबाट नै नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि निर्विरोध निर्वाचित भएकी छन् । अन्य सबै पदमा निर्वाचन हुने भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया