बबई नदीमा माछाका भुरा छाडियो
फाइल तस्बिर
दाङ - विश्व मत्स्य दिवसका अवसरमा सोमबार दाङको बबई नदीमा माछाका भुरा छाडिएको छ । नदीको पर्यावरणीय सन्तुलन कायम राख्न भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले नदीमा माछाका भुरा छोडेको हो ।
नदीको पर्यावरणीय अवस्थालाई सन्तुलनमा राख्न आवश्यक रहेको केन्द्रका प्रमुख डा. वेदबहादुर केसीले बताए । रहुु र नैनी जातका ६ हजार माछाका भुरा बबई नदीमा छोडिएको हो । नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको संख्या बढाउन भुरा छोडिएको डा. केसी बताउँछन् । नदीको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्त्वपूर्ण हुने भएकाले माछा छोडिएको विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्र यादवले बताए ।
नदीमा माछाका भुरा छोड्ने र नदीको पानीलाई स्वच्छ बनाउनतिर ध्यान दिनुपर्ने बताए । जथाभावी उत्खनन, उद्योगबाट निस्कने रासायनिक पदार्थ, फोहोरमैला, विद्यीतीय करेन्टलगायतबाट पनि खोलालाई जोगाउनुपर्ने उनले बताए । खोलामा विषादी हाल्ने र प्रदूषण बढ्दै जाँदा त्यसको असर नदीका माछा तथा अन्य जीवमा परेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया