३३ लिटर रक्तचन्दनसहित १० जना पक्राउ
सांकेतिक फोटो
काठमाडौँ - रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका ४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका १ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह रहेका छन् ।
यस्तै काठमाडौं टोखा नगरपालिका ४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका ४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौं महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका ६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाडौं महानगरपालिका ८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका ९ घर भएका २० वर्षीय जीवन थापा, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका ६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपालिका(१३ छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।
काठमाडौं महानगरपालिका–८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अबैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया