विवाह पञ्चमी : जनकपुरधाममा वृहत सरसफाइ अभियान
जनकपुरधाम - जनकपुरधाममा वृहत सरसफाइ गरिएको छ । २२ मंसिरदेखि आयोजना हुन लागेको रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै सरसफइ गरिएको हो । बुधबार बिहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्रबिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको छ । जनकपुरधाम उपमहनगरपालिकाको अगुवाइमा भएको कार्यक्रममा मुख्यमन्त्री राउत आफै झाडु बोकेर सरसफाइमा लागिपरेका छन् ।
कार्यक्रममा जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, जानकी मन्दिरका छोटा महन्थ रोशन दास, प्रदेश सरकारका विभिन्न मन्त्रालयका कर्मचारी, उपमहानगरपालिका कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारी तथा सुरक्षाकर्मीहरू सहभागी थिए । विवाह पञ्चमीमा स्वदेश तथा विदेशबाटसमेत भक्जनक्तजन आउने भएकाले सरसफाइमा जोड दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया