मालपोत अधिकृत ५० हजार घूससहित अख्तियारको फन्दामा
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेललाई ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । तिनले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीबाट ५० हजार लिएका थिए ।
आयोगको टंगालबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीबाट घूस÷रिसवत रकम लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका–२० स्थित मालपोत कार्यालय, चनौली चितवनले भाडामा लिई पौडेलले प्रयोग गर्दै आएको क्वाटरबाट नियन्त्रणमा लिएको थियो । आयोगले घूससम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया