समाज

चितुवाको छालासहित तीन जना पक्राउ

इकागज |
मंसिर १५, २०७८ बुधबार २०:२९ बजे

काठमाडौँ - चितुवाको छालासहित प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-२ का २८ वर्षीय विशाल तामाङ, सोही ठाउँका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका-३ बस्ने चितवन राप्तीको ४२ वर्षीय कामी सिंह स्याङ्तान छन् ।

उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एयरपोर्ट क्षेत्रमा केही व्यक्तिले दुर्लभ चितुवाको छाला अवैधरूपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको छ भन्ने सूचनाको आधारमा खोजतलासका लागि महानगरीय अपराध महाशाखा मीनभवनबाट प्रहरी टोली खटाइएको थियो । उक्त टोलीले बुधबार उनीहरूलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो । बरामद छालासहित आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।
 



Author

थप समाचार
x