समाज

राष्‍ट्रिय सतर्कता केन्द्र

सिंहदरबारको चमेना गृहमा गुणस्तरहीन खाना खुवाएको पाइयो

चार महिनामा ४४४ उजुरी

इकागज |
मंसिर १६, २०७८ बिहीबार १७:३६ बजे

काठमाडौँ- सिंहदरबारको चमेनागृहले आगन्तुक तथा सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाउने गरिएको पाइएको छ । मन्त्रालयले आफू अनुकुलका मानिसलाई बोलाएर चमेनागृह जिम्मा सञ्‍चालकले बेवास्ता गर्ने गरेको केन्द्रको ठहर छ । केन्द्रले चमेनागृह सञ्‍चालन सम्बन्धी मापदण्ड निर्माण गर्न समिति गठन भएको पत्रकार सम्मेलनमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरेले बताए ।

बिहीबार राष्‍ट्रिय सतर्कता केन्द्रको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा साउनदेखि कात्तिक मसान्तसम्ममा कार्यालयमा ४ सय ४४ वटा उजुरी परेकोमा सिंहदरबार परिसरमा रहेको चमेनागृहले गृणस्तरहीन खाना र बिना सरसफाई खाना खुवाउने गरिएको जानकारी गराइएको छ ।


चालु आर्थिक वर्षमा मा विभिन्‍न सरकारी निकाय तथा सार्वजनिक संस्थानको ४ सय ४४ वटा उजुरी परेको छ । चार महिनामा १ सय ५६ उजुरी परेको मुद्दाको फर्छयौट भएको  घिमिरेले जानकारी दिए । उनकाअनुसार अख्‍तियार दुरुपयोग अनुसन्धान आयोगमा १६ वटा र तामेलीमा १ सय वटा मुद्दा छन् । ' ४० वटा मुद्दालाई सुधार गर्नलाई निर्देशन दिइसकेको छ,' उनले भने ।

केन्द्रमा परेको उजुरीमा सिंहदरबार परिसर भित्र सञ्चालित चमेना गृहहरूले प्रचलित नियमअनुसार सञ्चालन नगरेको उपलब्ध खाना गुणस्तर नभएका जस्ता उजुरी परेको छ । जिरीको गाई आनुवांशिक श्रोत केन्द्रको जग्गा कर्मचारी र भू-माफियाहरूको संलग्नता छ ।

निजी विद्यालयका पुस्तक प्रकाशकहरूले कम गुणस्तरको किताब प्रकाशित गरेको घिमिरेले जानकारी दिए । पाठ्यक्रम अनुसार छपाई नगरी प्रकाशकले वितरण गरेको उनले बताए । तारागाउँ विकास समितको जग्गा पदाधिकारी र मन्त्रालयको मिलेमतोमा २० करोडसम्मको घोटाला भएको घिमिरेले बताए ।

त्यसैगरी रेडियो नेपालको जग्ग भाडा तथा प्रवेश सेवामा समेत अनियमितता भएको उनको भनाइ छ । नेपाल टेलिभिजनको स्याटालाईट व्यान्डविथ खरिदमा अनियमितता भएको समेत केन्द्रले ठहर गरेको छ ।

व्यान्डविथ खरिद प्रकरणमा नेपाल टेलिभिजनले प्रतिस्पर्धा नगरी खरिद प्रक्रिया अगाडि बढाएको थियो । केन्द्रले खरिद प्रक्रियामा प्रतिस्पर्धा फराकिलो बनाउन निर्देशन दिएको उनको भनाइ छ ।


Author

थप समाचार
x