संखुवासभामा अवैध काठ बरामद
संखुवासभा - संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना ७ त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी बताए । मंगलबार किमाथांकाबाट खाँदबारी आउँदै गरेको ट्याक्टरबाट १ सय ४१ थान काठ बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
ट्याक्टर र चालक मकालु गाउँपालिकाका सुरज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया