समाज

दाङमा १८ हजारले गराए स्वास्थ्य बीमा

इकागज |
मंसिर १९, २०७८ आइतबार २०:३८ बजे

दाङ - दाङमा एघार महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । माघ ३० गतेदेखि दाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।आमनागरिकले सूचना नपाउँदा र काेभिड महामारीका कारण पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वास्थ्य बीमा कार्यक्रम दाङले जनाएको छ ।अगामी असारसम्म जिल्लाका साढे २ लाख नागरिकलाई बीमामा आवद्ध गराउने लक्ष्य लिएको बताइएको छ । 

सरकारले बीमा कार्यक्रम मार्फत नागरिकको स्वास्थ्य उपचारलाई राज्यले सुनिश्चित गर्ने उद्देश्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने उल्लेख छ ।


कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुरेन्द्रराज उप्रेतीले स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै पैसाको अभावमा रोगी भएर बस्नु नपर्ने भन्दै यो कार्यक्रम ल्याएको जानकारी दिए । स्वास्थ्य बीमाका लागि ५ जनाको परिवारसम्म ३५ सय रूपैयाँ जम्मा गर्ने र सरकारले एक लाख रूपैयाँको बीमा गरिदिने छ । 

६ जनादेखि माथिको परिवार सदस्य भए प्रति सदस्य ७ सय रूपैयाँ जम्मा गर्दै जाने र २ लाख रूपैयाँको बीमा सरकारले गर्ने छ । सरकारले अति गरिब, पूर्ण अपांगता, क्षय तथा कुष्ठ र एचआइभी सङ्क्रमित र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई एक लाख रूपैयाँ सम्मको निःशुल्क बीमा गर्ने छ । यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको छ ।
 


Author

थप समाचार
x