समाज

करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु

इकागज |
मंसिर २०, २०७८ सोमबार १६:४७ बजे

तनहुँ - नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर-७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका-३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युतको तार छुन पुगेका उनलाई करेन्ट लाग्दा सख्त घाइते भएका  थिए ।

घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए । ज्ञवाली तनहुँको दुलेगौंडास्थित डिभिजिङ नेटवर्क प्रालिका कर्मचारी हुन् ।



Author

थप समाचार
x