समाज

त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी

इकागज |
मंसिर २२, २०७८ बुधबार १५:२८ बजे

सिन्धुपाल्चोक - सिन्धुपाल्चोककाे त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको छ । सुनको जलप प्रयोग गरिएको  जिल्लाकै पुरानो र ऐतिहासिक मूर्ति चोरी भएको हो ।

सयौं वर्ष पुरानो भगवतीको मूर्ति र कलशका साथै विष्णुको दुईवटा मूर्ति चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए। पुरातत्व विभागको सहयोगमा अहिले मन्दिरको गजुर राख्ने काम भइरहेको छ । भुकम्पपछि अस्थायी टहरोमा मूर्ति राखी पूजा गरिँदै आएको थियो । मंगलबार राति अपरिचित युवकहरू मोटरसाइकलमा आएको स्थानीयहरूले देखेको बताएका छन् ।


स्थानीयहरूले मन्दिरको ढोका खुला देखेको र भित्र हेर्दा मूर्ति कलश नरहेको  पाएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । यसअघि ०२५ र ०४२ सालमा गरी दुईपटक त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको थियो ।


Author

थप समाचार
x