समाज

यस्तो छ कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन

इकागज |
मंसिर २४, २०७८ शुक्रबार ११:५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सवारी चापलाई व्यवस्थापन गर्न ३ सय ५० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३ सय ५० बढी परिचालन गरिएको बताएका छन् ।

सवारीको चाप र आवश्यकतानुसार सवारी रुटको डाइभर्सन हुनेछ । कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ ।


टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ ।

महाशाखाले झण्डावाला, पार्टीका शीर्ष नेताहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाएको छ ।सम्भावित क्षेत्र र आवश्यकता ट्राफिक परिचालन गरिने महाशाखाले जनाएको छ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ ।

 


Author

थप समाचार
x