समाज

चिसो झन्‌ बढ्यो, काठमाडौँको तापक्रम ४.२ डिग्री

इकागज |
मंसिर २९, २०७८ बुधबार ७:५२ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- नेपालमा चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ । 

पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ ।


धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ ।  मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदली  रहेको छ ।


Author

थप समाचार
x