जागिरको प्रलोभन देखाएर १ लाख ७३ हजार ठगी
मोरङबाट गोरखाका अर्याल पक्राउ
सांकेतिक फोटो
काठमाडौं - जागिर लगाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मोरङबाट गोरखा लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध ठगी कसूरमा थप अनुसन्धान निम्ति जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको छ ।
अर्यालले उदयपुर त्रियुगा नगरपालिका–८ बस्ने २ जनालाई ठगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जागिर लगाई दिन्छु भन्दै प्रलोभनमा पारी पटक–पटक गरी नगद १ लाख ७३ हजार रुपैयाँ ठगी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया