समाज

रोटरी क्लब लुम्बिनी सिद्दार्थनगर र लुम्बिनी रण अम्बिका अस्पतालको आँखा शिविरमा ७७को आँखा परीक्षण

इकागज |
मंसिर २९, २०७८ बुधबार २०:१७ बजे

काठमाडौँ- रोटरी क्लब अफ लुम्बिनी सिद्दार्थनगर तथा लुम्बिनी रण अम्बिका आँखा अस्पतालले आँखा शिविर सञ्चालन गरेका छन् । बुधबार ईन्द्र राज्य माविमा डाइबेटीक रेटिनोप्याथी शिविरमा ७७ जनाको आँखा परीक्षण भएको हो ।

शिविरमा बर्दियाका हरिहर केसी पनि आँखा जचाउँन पुगेका थिए । परीक्षणको क्रममा आँखाको पर्दामा समस्या रहेकाले उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उनको आँखा शल्यक्रिया गरिएको थियो । आँखामा देखा पर्न सक्ने अन्धोपनको दीर्घकालिन समाधान गर्ने काम भएको थियो ।


शिविरको सहकार्यमा जीवनलाई अन्धकार हुनबाट जोगाउन र निशुल्क सेवा प्रदान गरी ठुलो गुन लगाएकोमा केसीले धन्यवाद दिएका थिए । नागरीकहरुले समेत आफ्नो आँखाको सुरक्षामा ध्यान उनले अनुरोध गरे ।

कार्यक्रमको उद्घाटन अस्पतालका अध्यक्ष सागर प्रताप राणाले गरेका थिए । 'धनको गरीबहरुका लागि अस्पताल सदैव निशुल्क सेवा दिन तत्पर हुनेछ, उनले भने । सामाजिक सेवा गर्नु पनि नागरिकको दायित्त्व रहेको उनको भनाइ छ ।

 


Author

थप समाचार
x