विदेशबाट आएपछि क्वारेन्टिनमा बस्नु नपर्ने
फाइल फोटो
काठमाडौँ - अध्यागमन विभगले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगन गरेको छ ।
विभागले एक सूचना जारी गरी अर्को सूचना नआएसम्मका लागि उक्त व्यवस्था स्थगन भएको जनाएको छ । विभागले शुक्रबार मात्रै सूचना जारी गरी होटल क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो ।
“डिसेम्बर १७ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध सात दिन अनिवार्य होटेल क्वारेन्टाइनसम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू भने सक्रिय रहेको विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयबाट आएको पत्रका आधारमा शुक्रबार नै उक्त व्यवस्था लागू गरिएको तर कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीका अधिकारी तथा गृह मन्त्रालयबाट समेत तत्कालका लागि उक्त व्यवस्थालाई पुनःविचार गर्नुपर्ने देखिएको र थप छलफल गर्नुपर्ने कुरा आएकाले तत्कालका लागि उक्त व्यवस्था स्थगन गरिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले जानकारी दिए ।
उक्त विषयमा सोमबार सीसीएमसीका प्रतिनिधि, विभिन्न मन्त्रालयका अधिकारीसहितको बैठक बस्ने भएकाले सोही बैठकको निर्णयका आधारमा अघि बढ्ने गरी हाललाई उक्त व्यवस्था स्थगन गरिएको विभागले जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया