समाज

३३ बिगाहाको गाँजा र १९ बिगाहाको अफिम नष्ट

इकागज |
पुस ३, २०७८ शनिबार १९:४९ बजे

फाइल फोटो

धादिङ - जिल्ला प्रहरी कार्यालयले राक्सिराङ गाउपालिकाको वडा नं ४ र ५ को धुर्सिङ, निबुतार, लाइसिराङलगायत ठाउँमा अवैधरुपमा खेती गरिएको ३३ बिगाहा क्षेत्रफलको गाँजा तथा १९ बिगाहा क्षेत्रफलको अफिम जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश दङ्गा नियन्त्रण कार्यालयको संयुक्त टोलीले यही पुस १ गतेदेखि आजसम्ममा फडानी गरी नष्ट गरेको छ । 

प्रहरीले हरेक वर्ष उक्त गाउँपालिकामा अवैध खेती गरिएका गाँजा तथा अफिम खेती नष्ट गर्ने गरे पनि गाउँपालिकाको विकट गाउँमा अवैध ढङ्गले गाँजा र अफिम खेती गर्ने काम रोकिएको छैन । 


उक्त गाउँमा अवैध उत्पादित गाँजा र अफिम गोप्य तवरले भारततर्फ निकासी गरिन्छ । प्रहरीले पटकपटक गाजा ओसारपसार गर्नेलाई पक्राउ गरे पनि गाजा र अफिमको अवैध खेती रोकिएको छैन । रासस 
 


Author

थप समाचार
x