समाज

बेपत्ता चन्द्र विकको अवस्था सार्वजनिक गर्न विवेकशील साझाको माग

इकागज |
पुस ५, २०७८ सोमबार २१:७ बजे

काठमाडौँ - विवेकशील साझा पार्टीले अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्र विक (कामी)को अवस्था सार्वजनिक गर्न माग गरेको छ । साझाकोे मिलन पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै ६ दिनदेखि बेपत्ता भएका विकको अवस्था सार्वजनिक गर्न माग गरेका हुन् ।

हुम्लाका चन्द्रले मुगुकी युवती सुन्तली मल्लसँग प्रेम विवाह गरेपछि युवतीका आफन्तले चन्द्रलाई घरबाटै कुटपिट गर्दै अपहरण शैलीमा लिएका थिए । त्यसयता उनको अवस्था अज्ञात छ भने युवती आफ्नै घरमा छिन् ।


बेपत्ता रहेका चन्द्रको अवस्था तत्काल सार्वजनिक गर्न माग गर्दै विवेकशील साझा पार्टीले अपहरणमा सलंग्नलाई कारबाही गर्न माग गरेको छ । 


Author

थप समाचार
x