समाज

शृङ्खलाबद्ध हत्याको विरोधमा राजमार्ग अवरुद्ध

इकागज |
पुस ९, २०७८ शुक्रबार १४:७ बजे

फाइल फोटो

कैलाली : शृङ्खलाबद्ध कैलालीमा भएका हत्याको बिरुद्धमा पीडितहरुले पूर्वपश्चिम राजमार्गको लम्की सडक खण्ड अवरुद्ध पारेका छन् । लम्कीका भूपेन्द्र बडुवालको कार्तिक २३ गते टीकापुरमा, अर्जुन दासको पुस ३ गते अमरावती सामुदायिक बनमा गरिएको हत्याको बिरुद्धमा अरोपीहरुलाई पक्राउ गर्नका लागि दबाब दिदै राजमार्ग अवरुद्ध पारेका हुन् । 

अर्जुन दासको हत्याको बिरुद्ध संघर्ष समिति समेत गठन गरेर बिरोधका कार्यक्रम गर्दै आएको संयोजक ललित परियारले राजमार्ग साझ ४ बजे सम्मका लागि अवरुद्ध गरिने जानकारी दिए । हत्या गरिएका अर्जुन दास र भूपेन्द्र बडुवालका हत्याराहरुलाई पक्राउका लागि आन्दोलन गर्नु परेको परियारले बताए । 


यस अघि हिजो मात्रै संघर्ष समिले जानकी गाउँ पालिकामा तालाबन्दी गरेका थिए । 


Author

थप समाचार
x