३२ वर्षे अशक्त लिलावतीलाई मकवानपुरका सिडिओ पाण्डेले घरमै पुगेर दिए नागरिकता
काठमाडौँ – पूर्ण रुपमा अशक्त २३ वर्षकी लिलावतीलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उनको घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । जिल्लाको मनहरि गाउँपालिका ९ की मानसिक रुपमा पूर्ण अशक्त गिरिलाई आज शनिबार उनको घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।
नागरिकता प्रदान कार्यक्रममा मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायतको सहभागिता थियो । नागरिकता नभएकै कारण नेपाल सरकार एवं स्थानीय तहबाट प्राप्त हुने सुविधाबाट पनि बञ्चित रहेकी लिलावती गिरीले अब ती सुविधाहरू प्राप्त गर्ने सुचिश्चितता भएको प्रजिअ पाण्डेले बताए ।
यसरी घरमै आएर मानसिकरूपमा अशक्त गिरिलाई नागरिकता प्रदान गरेको प्रति उनको परिवारले खुसी व्यक्त गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया