समाज

सुदूरपश्चिममा थप पाँच जनामा कोभिड सङ्क्रमण

इकागज |
पुस १०, २०७८ शनिबार २०:५६ बजे

काठमाडाैँ - सुदूरपश्चिम प्रदेशमा शनिबार थप पाँच जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ३९७ को नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

एन्टीजेनमार्फत बैतडीका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर तीन जनाले कोभिड जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । रासस



Author

थप समाचार
x