समाज

सेवाग्राहीसँग घुस लिने सईविरुध्द मुद्दा

इकागज |
पुस १६, २०७७ बिहिवार १६:४६ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानूविरुध्द ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ । कानू जिल्ला सप्तरी, प्रहरी चौकी तिलाठीमा कार्यरत थिए । 

आयोगले सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएको हुँदा बिहीबार मुद्दा विशेष अदालतमा मुद्दा चलाएको जानकारी दिएको छ । आयोगले बिगो बमोजिम माग दाबीसहित सजायँको माग गरेको छ ।


आयोगले केही समयअघि पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजन निम्ति सेवाग्राहीसँग घुस लिएपछि रकमसहित ती प्रहरीलाई नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग लिएको घुस रकम नजिकैको पसलमा राखेको अवस्थामा बरामद थियो ।


Author

थप समाचार
x