सिराहामा जनमत पार्टीद्वारा प्रदर्शन, गाडीमा तोडफोड
जनकपुरधाम - किसानलाई पक्राउ गरेको विरोधमा आमहड्ताल गरि गाडीमा तोडफोड गरेको आरोपमा जनमत पार्टीका करीब आधा दर्जन कार्यकर्ता पक्राउ परेका छन । मलखाद्य मांग्ने पिडित किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आइतवार आमहडताल घोषणा गरि बन्द अवज्ञा गरेको भन्दै दर्जनौ गाडीमा तोडफोड गरेका थिए ।
बन्दकर्ता जनमत पार्टी नेता कार्यकर्ताहरूले सिरहाको चौहर्वा नजिक यात्रुवाहक बस लगायत गोलबजारदेखि मिर्चैयासम्म दर्जनौं गाडी तोडफोड गरेका हुन् ।
विभिन्न ठाउँमा प्रदर्शन र गाडीहरूमा तोडफोड हुन थालेपछि नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
बन्द अवज्ञा गरेको भन्दै गाडीमा तोडफोड गरेको आरोप मिर्चैया प्रहरी ४ जना र केही गोलबजारबाट पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व-पश्चिम राजमार्गमा केही बेर सवारी साधन चल्न सकेको थिएन ।
आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना र यातायात ठप्प रहेको बुझिएपनि सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले राजमार्गमा सबैथोक संचालन नै रहेको दाबी गरेका छन । उनले आन्दोलनकारीले तोडफोड गरेको सवारीको विवरण आउन बांकी रहेको बताए ।
औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले औरही गाउंपालिका ३ निवासी किसान मिथिलेश यादवलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।
पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताएका छन् ।
औरही गाउपालिकाले किसानलाई नै वितरण गर्न गहुं बीउ गोदाममा राखेको थियो । तर गाउपालिका अध्यक्ष सिदार्थ यादवले समयमा बीउ वितरण नगर्दा किसानहरु गोदामबाट गहुं बीउ उठाएर लगेका थिए । बीउ किसानहरुले लगेपछि गाउपालिका अध्यक्ष सिदार्थ यादवले राजनीतिक प्रतिशोधका कारण प्रहरीमा चार जनामाथि मुद्दा दर्ता गराएर फसाउन खोजेका नेता यादवले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया