इस्मा गाउँपालिकामा घरघरै पानीको धारा
गुल्मी - इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको जुकेपानी–बजाउने डाडा–बनगाउँ लिफ्ट खानेपानी योजनाको उद्घाटन गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्टले खानेपानी आयोजनाको उद्घाटन गर्दै पानी बोक्दा आङ खस्ने महिलालालाई घर छेउमा पानी खस्दाको खुसी पुरुषलाई कम महसुस हुने बताए ।
‘एक घर एक’ धारा अभियानमार्फत खानेपानी समस्या समाधान गर्ने उद्देश्यले गाउँपालिकाले खानेपानी योजना सञ्चालन गरेको थियो । खानेपानी योजना पुस २०७६ मा सम्झौता भएर चैत २०७७ मा सम्पन्न भएको थियो । ६४ लाखभन्दा बढी लागतमा सो आयोजना सम्पन्न भएको बताइएको छ ।
खानेपानी योजनामार्फत ३०० घरधुरी लाभान्वित हुने योजना अध्यक्ष लिल बहादुर बिष्टले जानकारी दिए । अहिले ६८ घर र एक विद्यालयमा एक घर एक धारा पुगेको छ । जुकेपानी–बजाउने डाडा–बनगाउँ लिफ्ट खानेपानी योजनाका उपभोक्ता रामबहादुर बिष्टले जुग फेरिए जस्तै महसुस भएको बताए । न्यूजकारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया