समाज

चन्द्रागिरिमा हिमपात (फोटो फिचर)

इकागज |
पुस १४, २०७८ बुधबार ८:२१ बजे

तस्बिर सौजन्य : चन्द्रागिरि हिल्स

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि डाँडामा हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।


काठमाडौँ उपत्यकामा देशका अधिकांश भूभागमा बिहानैदेखि पानी परेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आजदिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


Author

थप समाचार
x