समाज

दामनमा हिमपात, सडक अबरुद्ध

इकागज |
पुस १४, २०७८ बुधबार ९:२० बजे

हेटौंडा: मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात हुँदा हेटौंडा-काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता राजकुमार सापकोटाले बिहानैबाट सुरु भएको बाक्लो हिमपातले सडकमार्गको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्णरूपमा अवरुद्ध रहेको जानकारी दिए ।


थाहा नगरपालिकासँग समन्वय गरेर सडक खुलाउने तयारी भैरहेको छ । चिसो बढेसँगै हेटौंडाका बिद्यालय आज बन्द हेटौंडा उपमहानगरपालिकाले ह्वात्तै चिसो बढेको भन्दै आज एक दिन विद्यालयको पठनपाठन बन्द गर्ने भएको छ । गएरातिबाट हेटौंडामा निरन्तर बर्षा भैरहेको छ ।

वर्षाले चिसो ह्वात्तै बढेको भन्दै विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै आज नगर भित्रको विद्यालयको पठनपाठन बन्द गर्न लागिएको नगर शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए ।


Author

थप समाचार
x