१६ वर्षपछि वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक
लक्ष्मी भण्डारी - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित वीरेन्द्रचोकमा बुधवार स्वर्गीय राजा विरेन्द्रको अर्ध कदको शालिक राखिएको छ । उक्त चोकबाट राजाको शालिक हटाइएको झण्डै १६ वर्षपछि वीरेन्द्रचौकमा स्व. राजा वीरेन्द्रको शालिक राखिएको हो । स्वतन्त्र नागरिक समाजको समूहले आज वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र ७७ औं जन्मजयन्तीको अवसरमा सालिक पुर्नस्थापना गराएको हो । लामो समयदेखि एक पक्षले राख्नुपर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण शालिक स्थापना गर्न सकिएको थिएन् । तर स्वतन्त्र युवाहरुको समूहले राजा वीरेन्द्रको शालिका राखेको हो ।
यस समूहको अगुवाइ भने गोरक्ष पिठादिस योगी बलभद्रले गरेका हुन् । बलभद्रकै अगुवाई युवाहरूको समूहले वीरेन्द्रचौकमा शालिका राखेको छ । राजतन्त्र विरूद्ध भएको २०६२–६३ सालको जनआन्दोलनका क्रममा शालिक हटाइएको थियो । हटाइएको उक्त शालिक अहिले वीरेन्द्रनगर नगरपालिकामा वेवारिसे अवस्थामा छ ।
तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उनको शालिक राखिएको थियो । स्वर्गीय राजा वीरेन्द्रले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको गुरुयोजना बनाउन लगाएका थिए ।
०६२÷०६३ को जनआन्दोलनका वेला राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि पुनर्निर्माण गरिएको चोकको नाममा वीरेन्द्रको सालिक हटाएर गमला राखिएको थियो । त्यसयता नगरपालिकाले वीरेन्द्र चोकलाई ०७५ साल जेठमा पानीको फोहोरासहितको चोक निर्माण गर्ने योजना बनाएपनि विवाद भएपछि यो योजना सफल हुन सकेको थिएन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया