समाज

पोखरा महानगरमै खानेपानीको हाहाकार

धनबहादुर गुरुङ |
पुस १७, २०७८ शनिबार १७:२ बजे

पोखरा – पोखरा महानगरका भित्रै खानेपानीको सकस छ । महानगरको १९ नम्बर वडाका मानिशहरु अहिले पनि खानेपानीका लागि घण्टौं हिड्नुपर्ने बाध्यतामा छन् । वडाको घार्मी माथिल्लो टोलमा २० को हाराहारीमा घरसंख्या छ । माथिल्लो टोलका स्थानियहरु वर्षौदेखि पानीका लागि संघर्ष गरिरहेका छन् । पोखरा १९ घार्मी पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको गाउँको हो । भने सोही वडाका वडाध्यक्ष शोभामोहन पौडेल पनि घार्मी कै हुन् । नेताहरुले खानेपानीलाई चुनावी नारा बनाएपनि अहिलेसम्म गाउँमा खानेपानी नपुगेको स्थानिय टंकनाथ पौडेलले जानकारी दिए ।

सोही टोलकी उमादेवी पौडेल घर नजिकैको राम्चेपोखरीको पानीले बस्तुभाउलाई पुगेपनि आफूहरुका लागि करिब १ घण्टा लगाएर घार्मी खोला पुग्नुपर्ने बाध्यता रहेको सुनाउँछिन् । डोकोमा गाग्री बोकेर जाने उनीहरुको लुगा धुने नुहाउने थलो पनि उतै हो । राम्चेपोखरीमा पानी हुँदासम्म त सहजै भएको बताउँने उमादेवी राम्चेपोखरी सुकेपछि गाईभैसींलाई खुवाउन बोकेरै खुवाउने दुखेसो सुनाउँछिन् । ‘अहिलेसम्म त बाख्रा भैसींलाई खुवाउन चिन्ता छैन्,’ उनले भनिन्, ‘यत्रा गाउँकाले यहींबाट लैजान्छन्, कति पुग्छ र ?’ 


५ वर्ष अघिदेखि नै खानेपानीको योजना सुरु भएको स्थानिय टंकनाथ पौडेल बताउँछन् । उक्त योजना अन्र्तगत गाउँमा २१ वटा धारा बनिसकेका छन् तर पानी झर्दैन् । ‘२०७२ सालदेखि सुरु भएको योजना हो । हालसालै भएको लिफ्टिङ योजनाका लागि भनेर प्रत्येक घरधुरीले ५÷५ हजारको तिरेको पनि २ वर्ष भईसक्यो,’ उनले भने, ‘धारामा पानी आएको भनेको ३ दिन मात्र हो त्यसपछि कता हरायो थाहा छैन् ।’ नेताहरुले चुनावका बेला बाटो निर्माण, खानेपानी लगायत योजनाका कुरा गरेर जनता फकाउने मात्र काम गरेको बताए । 

नेताहरुले पटक पटक मिति फेरेको उनले सुनाए । ‘वडाध्यक्ष ज्यूले एक वर्ष अघि मंसिरमा पानी खुवाउँछु भन्नुभयो, मंसिरबाट माघमा सार्नुभयो,’ उनले भने, ‘अघिल्लो वर्षको माघबाट अहिले माघ सम्म पनि पानी आउन्न जस्तो छ ।’ वडाध्यक्ष स्वयम खानेपानी योजनाको अध्यक्ष बस्दा वडा हेर्ने की खानेपानी आयोजना हेर्ने दोधारमा रहेको उनको आरोप थियो । महानगरको शहरी क्षेत्रबाट घार्मीसम्म पुग्ने बाटोको हालत पनि दयनीय नै छ । तर घार्मीका स्थानियहरु बाटो भन्दा खानेपानीको माग गरिरहेका छन् । 

पोखरा महानगर १९ का अध्यक्ष शोभामोहन पौडलले घार्मी क्षेत्रमा द्रुत गतिमा काम भईरहेको बताए । अहिले ३ टोलमा आंशिक रुपमा पानी दिन सुरु गरिसकेको उनको भनाई छ । ‘घार्मीको ३ वटा टोलमा पार्सियल रुपमा पानी दिन थालिसकियो, पाईलाइन चेन्ज गरिसकियो,’ उनले भने, ‘त्यहाँ तत्कालै कल्पना गर्न नसकिने गरेर पानी खुवाईएको छ ।’ उनका अनुसार उक्त क्षेत्रमा अहिलेसम्म १ सय ७५ धारा जडान गरिसकिएको छ । घार्मी खोला सिरान मुहान र मथुरेको पानी त्यहाँका स्थानियलाई खुवाउँन लागिएको छ । प्रत्येक वर्ष समस्या भएक कारण थोरै थोरै गर्दै यो वर्ष योजना सक्ने लक्ष्यका साथ काम भईरहेको अध्यक्ष पौडेलले जानकारी दिए । ‘२ लाख लिटरको मेन टंकीमा पानी जम्मा भईसक्यो, लिफ्टिङ सफल भयो,’ उनले भने, ‘जोईन राम्रो नभएर पाइप फुटेर त्यसमा पुरै जि.आई पाइप हाल्न लागियो त्यसले गर्दा नि केही ढिलो भयो ।’ 

घार्मीमा ३ सय ७५ को हाराहारीमा घरधुरी भएपनि २ सयलाई पुरुन्चौर खानेपानी आयोजनाले समेटेको उनको भनाई थियो । बाँकी रहेकालाई घार्मी बृहत लिफ्टिङ खानेपानी आयोजनाले समेट्नेछ । यो आयोजना पुस महिनाभरमा सक्ने उनले जानकारी दिए । केही स्थानमा धारा जडान र मिटर जडानको काम भईरहेकाले धारा जडान भएका गाउँमा पनि पानी एकैपटक पु¥याउने योजनाले रोकिराखेको उनले जनाए । पानी खोल्ने  बन्द गर्ने कर्मचारी नियुक्त गरिसकेकाले अबको एक महिनापछि घार्मीको सबै घरले एक घर एक धारा मार्फत नियमित पानी पाउने अध्यक्ष पौडेलले जानकारी दिए । 


Author

थप समाचार
x