अवैध ढुंगा चोरी निकासी गर्ने ट्याक्टरलाई कारबाही
अर्घाखाँची - अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाबाट अवैध रूपमा ढुंगा चोरी निकासी गरिरहेको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा नम्बर ८ रान्सिङ खोलाबाट अवैध ढुंगासहित प्रहरीले लु४त १३६१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई वडा कार्यालयमा पठाएकोमा वडा कार्यालयले २० हजार जरिवाना गरेको हो ।
अवैध रूपमा ढुंगा लोड गर्दै गरेको ट्याक्टरलाई सातमारा प्रहरीले गएराति १२ बजे खोलाबाटै नियन्त्रणमा लिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया