समाज

डा.गोविन्द केसीको हातबाट जुस पिएर रुबी खानले तोडिन् अनशन

गृह मन्त्रालय र आन्दोलनकारीबीच सहमति

इकागज |
पुस २०, २०७८ मंगलबार २०:५ बजे

काठमाडौँ : बाँके नेपालगञ्जकी ननकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गर्ने अनुसन्धानअनुसार अगाडि बढ्ने सहमति भएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको प्रतिवेदनअनुसार सीआइबीले गरेको अनुसन्धान अनुसार दोषीलाई कारबाही गर्ने विषयमा गृह मन्त्रालय र आन्दोलनकारीबीच सहमति भएको छ । 


सहमति भएपछि आन्दोलनको नेतृत्व गर्दै माइतीघरमा धर्ना बसेकी रुबी खानले अनशन तोडेकी छन् । उनलाई डा.गोविन्द केसीले जुस खुवाएर अनसन तोडाएका हुन् । गृह मन्त्रालय र खान नेतृत्वको आन्दोलनकारीबीच चार बुँदे सहमति भएको हो । 


Author

थप समाचार
x