स्राेत नखुलेकाे ५ लाख ३६ हजार रुपैयाँसहित एक जना पक्राउ
काठमाडाैँ - मोरङमा स्राेत नखुलेकाे ५ लाख ३६ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर बताउने ५० वर्षीय नन्दलाल बहेती रहेका छन् ।
विराटनगर महानगरपालिका १५ स्थित सीमा इलाकाबाट साेमबा सशस्त्र प्रहरीले ५ लाख ३६ हजार नेपाली रुपैयाँ र २ हजार १ सय भारतीय रुपैयाँसहित बहेतीलाई पक्राउ गरेको हाे ।
बि.आर. ३८ एच ०१८२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका बहेतीले उक्त रुपैयाँकाे स्राेत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीले पैसासहित उनलाई नियन्त्रणमा लिएकाे थियाे ।
पक्राउ परेका बहेतीलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको प्रहरीले जनाएकाे छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया