समाज

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

इकागज |
पुस २२, २०७८ बिहीबार १८:१२ बजे

सांकेतिक फोटो

दमक - झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको हो । पक्राउ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । रासस 
 



Author

थप समाचार
x