युएनएचसीआरले दमक नगरपालिकलाई दियो चार गाडी
फाइल फोटो
दमक - शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग युनएचसीआरले दमक नगरपालिकालाई दुई बससहित चार सवारी उपलब्ध गराएको छ ।उच्चायोगको काठमाडौँस्थित कार्यालयमार्फत दुई बस, एक ट्र्याक्टर, एक पिकअप भेन उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
अन्तर्राष्ट्रिय दातृसंस्था युएनएचसीआरले भूटानी शरणार्थी रहेका क्षेत्रका बासिन्दालाई लक्ष गरी उक्त सहयोग उपलब्ध गराएको प्रमुख प्रशासकीयय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए ।
उनका अनुसार ती सवारीसाधनमध्ये दुई बस दमक–३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयलाई र सोही वडाको कृषि प्रयोगका लागि त्यहाँको एक सहकारीलाई ट्र्याक्टर र पिकअप प्रदान गरिनेछ । विद्यालयले टाढाटाढाबाट अध्ययनका लागि आउने विद्यार्थी ओसार्न ती बस छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको जनाइएको छ । यसअघि युएनएचसीआरले नगरपालिकालाई शिक्षा, स्वास्थ्य, विकासका क्षेत्रमा सहयोग पु¥याउँदै आएको नगर प्रमुख रोमनाथ ओलीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया