समाज

३ लाख रुपैयाँमा बलात्कार घटना मिलाउने वडासदस्यसहित पाँच जना पक्राउ

इकागज |
पुस २४, २०७८ शनिबार १८:२६ बजे

फाइल फोटो

कैलाली - जर्बजस्ती करणीको घटना मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । घोडाघोडी नगरपालिका ४ जनकपुरबाट वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । 

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, सोही वडाका वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, शिक्षक होम प्रसाद सुवेदी, स्थानीय ब्यापारी राजु भट्टराई र जर्बजस्ती करणी गर्ने प्रकाश सुबेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको डिएसपी जोशीले बताए । उनले मिलापत्र गर्ने केही फरार रहेको र उनीहरूको खोजी कार्य भैररहेको बताए  ।


गत मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षिया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेका थिए । घटना बाहिरीले डरले अर्को दिन पीडित पक्षलाई  ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । 
 
उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा पीडितका छोराले जाहेरी दिएपछि प्रतिवादी सहित मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए । 
 


Author

थप समाचार
x