समाज

पासवानविरुद्ध १८ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग

इकागज |
पुस २८, २०७८ बुधबार १७:३५ बजे

फाइल तस्बिर

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरशन सल्यान मल बिक्री केन्द्रका इन्चार्ज तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

आयोगले सार्वजनिक संस्थाको सम्पत्ति रासायनिक मल हिनामिना गरेको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा चलाएको हो । आयोगको दाबी अनुसार, पासवानले आफ्नो जिम्मामा रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात् मल डेलिभरी गर्नुपर्नेमा नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरेका थिए ।
 



Author

थप समाचार
x