गौशाला नगरपालिकाले संघीय सरकारको निर्देशन नमान्ने
महोत्तरी – महोत्तरीको एक स्थानीय तहले संघीय सरकारको निर्देशन अटेर गरेको छ ।
कोभिड संक्रमण बढेको भन्दै केन्द्र सरकारले १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ । संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि सिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो।
यद्यपि, नगरपालिकाले २८ पुसदेखि ४ माघसम्म वर्षे बिदा कट्टा हुनेगरी जाडो बिदा भने दिएको छ । यसपछि सबै विद्यालय भौतिक उपस्थिति मै खुल्ने नगरपालकिाले जनाएको छ ।
पालिकाले २७ पुसमा सूचना प्रकाशित गरी कोरोना संक्रमण रोक्न स्वास्थ्य मापदण्ड अपनाएर ४ माघपछि विद्यालयहरूमा नियमित पठनपाठन गर्न भनेको छ । ‘विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गरी जोखिमप्रति सचेत हुँदै सम्पूर्ण शिक्षण संस्था खोल्ने निर्णय गरेका हौँ,’ नगरप्रमुख शिवनाथ महतोले भने ।
नगरपालिकाको निर्णयलार्इ शिक्षण संस्थाहरूले समेत स्वागत गरेका छन् । जोखिमलार्इ आकलन गरी सुरक्षित वातावरणमा पठनपाठन गराउने निजी तथा सरकारी विद्यालयहरूले प्रतिबद्धता जनाएका छन् । तर, जिल्लाका अन्य पालिकाले भने केन्द्रको सूचनाको पालना गर्न निर्देशन दिएका छन् । न्यूज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया