पत्रकारहरुलाई मतदान स्थलमा प्रवेश नदिएपछि पेन डाउन
जनकपुरधाम – प्रदेश २ काे स्थायी राजधानीकाे लागि सुरू भएकाे गाेप्य मतदानमा पत्रकारलाई प्रवेश निषेध गरेपछि पेन डाउन गरिएकाे छ ।
साेमवार करिब अढाई बजेदेखि सुरू भएकाे गाेप्य मतदानमा समाचार संकलनका लागि गएका पत्रकारहरुलाई सुरक्षामा खटिएका प्रहरीले राेकेपछि पत्रकारहरुले पेन डाउन गरेका हुन् ।
प्रहरीले माथिबाट पत्रकारलाई भित्र छिर्न नदिने निर्देशन आएकाे भन्दै प्रवेश नदिएपछि पत्रकारहरू क्यामरासहितका समाचार संकलन गर्ने उपकरणहरु प्रदेश सभा भवन अगाडि राखेर विराेध गरेका हुन ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष माेनिका झाकाे अगुवाइमा पत्रकारहरूले आ–आफ्ना समाचार संकलन गर्ने उपकरण राखेर विराेध जनाएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया