एनआरएनएद्वारा रगत संकलन गर्ने बस हस्तान्तरण
कैलाली - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ ।
६० लाख रुपैयाँ मूल्यको उक्त बस एनआरएनका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र रेडक्रसका सभापति उत्तम जोशीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
नेपाल बाहिर रहेका नेपालीहरुले संकलन गरेको रकमबाट उक्त बस खरिद गरि हस्तान्तरण गरेको एनआरएनका अध्यक्ष पन्तले बताए । उनले चितवन पछि दोश्रो बस कैलालीलाई उपलब्ध गराएको बताउँदै यसले रगत संकलनमा सहयोग पुर्याउने बताए ।
एनआरएनले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष पन्तले रगत संकलन बसको सहि सदुपयोग भए रेडक्रस संग फेरि फेरि सहयोग गर्ने बताए।
धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका विपन्न जनतालाई निशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको बताउदै मेयर वडले एनआरएनले रगत संकलन बस हस्तान्तरण गरेर रगत संकलन कार्यमा अझै टेवा पुर्याउने बताए ।
बस हस्तान्तरण कार्यक्रम त्रिपक्ष सम्झौता गरिएको छ । जस अन्तर्गत बस संचालन प्रकृयाको एनआरएनलाई जानकारी गराउनु पर्ने, बसको मर्मत लगायतका कामहरु उपमहानगरपालिकाले गर्ने र बस संचालनको सम्पुर्ण जिम्मेवारी रेडक्रस कैलालीले लिने गरी सम्झौता भएको रेडक्रसका सभापति उत्तम जोशीले बताए ।
रगत संकलन बस हस्तान्तरण कार्यक्रममा रक्तदान दीपक उपाध्यायले ९६ औं पटक र रेडक्रसका उप-कोषाध्यक्ष गोबिन्द जोशीले रक्तदान गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया