समाज

सीसीएमसीले स्थानीय तहसँग समन्वय गरेन : मेयर विद्यासुन्दर शाक्य

इकागज |
माघ ४, २०७८ मंगलबार १४:४७ बजे

काठमाडौँ- कोभिड-१९ विरुद्धको साझा लडाईँका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न काठमाडौँ महानगरपालिकाको प्रमुख आग्रह गरेका छन् । मंगलबार वडा-२३मा आयाेजित कार्यक्रममा उनले सीसीएमीसीले कोभिड नियन्त्रण गर्न स्थानीय सरकारसँग सहकार्य गर्न आग्रह गरे ।

'पहिलो र दोस्रो चरणको कोभिड संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,' उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका प्रमुख शाक्यले भने, 'अहिले काठमाडौँ कोभिडको हटस्पट बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।'


 गृहमन्त्रीलाई संघीय सरकारले हामीलाई उपेक्षा गरेको हो कि भन्ने विषयमा जानकारी बताए ।  उनले भने,' स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने थलो भनेको स्थानीय सरकार हो । त्यसैले संघीय सरकारले हामीसँग समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा कोभिड रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकिन्छ ।’

प्रमुख शाक्यले महानगरपालिकाले अघिल्लो पटक निशुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गरेको र यो पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको बताए ।

अहिले मुख्य गरेर काठमाडौँ उपत्यका ओमिक्रोनका रुपमा कोभिडको तेस्रो लहरले बढी प्रभावित छ,’ उनले भने,'  घना वस्ती भएको ठाउँ भएका कारण यहाँका वासिन्दा स्वाभाविक रुपमा बढी प्रभावित छन् । यो बढी संक्रामक भएकाले छिटै संक्रमण फैलिन सक्ने भएकाले सबैलाई सतर्क रहन पनि म अपिल गर्छु ।’

महानगरपालिकाको स्वास्थ्य विभागलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको अवस्था छ । उनले महानगरवासीलाई थप केही जटिल भयो भने महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लीनिक र स्वास्थ्य विभागमा सम्र्पक गर्न पनि अपिल गरे ।  संघीय सरकारको निर्देशन र मापदण्ड अनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपङ्क्तिमा खटिएका, जेष्ठ नागरिकलगायतका लागि खोपको तेस्रो मात्रा पनि महानगरले व्यवस्थापन गरेको भन्दै खोप लगाउन आग्रह गरेकाे छ ।


Author

थप समाचार
x