समाज

प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी सीमा नाकाबाट पक्राउ

इकागज |
माघ १०, २०७८ सोमबार १५:६ बजे

फाइल तस्वीर

दाङ । दाङको घोराही कारागारका फरार कैदी नाइके पक्राउ परेका छन्।  घोराही कारागारबाट गत पुस ८ गते उपचारको वहानामा घोराही कारागारबाट निस्किएर फरार भएका यामराज परियारलाई दाङ प्रहरीले नेपाल–भारतको सीमाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार आइतबार राति फरार रहेका कारागार नाइके यामराजलाई बाँकेस्थित भारतको सीमाबाट पक्राउ गरेर दाङ ल्याइएको हो। हाल परियारमाथि थप सोधपुछ कार्य भइरहेको प्रहरीले जनाएको छ। दाङ प्रहरीका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा यामराज जन्मकैद सजाय भोगिरहेका छन् ।


यामराज भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागले अनुमति नदिएपछि पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने पुस १६ गते नै छुटिसकेका छन् ।
 
कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको बताइएको छ। भाग्न प्रयोग गरेको मोटरसाइकल लमही –६ बेलदमारको जंगलमा फेला परिसकेको छ। जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ यामराजका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । 


Author

थप समाचार
x