समाज

कर्मचारीमा काेभिड देखिएपछि दूधपोखरी गाउँपालिकाको कार्यालय बन्द

इकागज |
माघ ११, २०७८ मंगलबार १९:५२ बजे

लमजुङ – कोभिड १९ को संक्रमण जोखिम बढेपछि दूधपोखरी गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएकाले सेवा प्रवाहमा समस्या हुने भन्दै माघ ११ गते मंगलबारबाट माघ १४ गते शुक्रबारसम्म ४ दिन कार्यालय बन्द गरिएको छ ।

गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङका अनुसार कार्यालयमा कार्यरत कृषि, पशु, प्राविधिक शाखा र अन्य कर्मचारीमा कोभिड देखिएको छ ।  संक्रमण बढिरहेको समयमा गाउँपालिकाको कार्यालयबाट सेवा प्रवाह गर्दा नागरिकलाई पनि संक्रमण सर्ने जोखिम भएकाले कार्यालयको सेवा बन्द गरिएको हो ।


नागरिकको स्वास्थ्यको ख्याल गर्दै मंगलबारबाट कुनैपनि सेवा प्रवाह गरिएको छैन । गाउँपालिका कार्यपालिकाका कार्यालयबाट दिने सेवा ४ दिनसम्म सबै बन्द भएपनि वडा कार्यालयबाट भने सेवा प्रवाह भइरहेको छ । नागरिकको आवश्यकता अनुसार वडा कार्यालयहरुबाट सेवा प्रदान भइरहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । 


Author

थप समाचार
x