धनगढीमा ७५ वर्षीय संक्रमित पुरुषको मृत्यु
फाइल फोटो
कैलाली : धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कैलालीको बर्दगोरीया गाउँपालिकाका ७५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
माघ ७ गते चेक गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए। यसअघि बिहीबारै एक कोभिड–१९ सङ्क्रमित वृद्धको बिहान मृत्यु भएको थियो ।
गोदावरी नगरपालिका–५ का ६२ वर्षका वृद्धको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार ती वृद्धलाई माघ ११ गते कोभिड पुष्टि भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया