समाज

फरार २ जना प्रतिवादी पक्राउ

इकागज |
माघ १६, २०७८ आइतबार १७:५२ बजे

कञ्चनपुर – कञ्चनपुरमा फरार २ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुबेर बहादुर शाह र गोबिन्द तामाङ रहेका छन् ।

जिल्ला अदालतको मिति २०७८ मंसिर १९ गतेको फैसलाले ३ बर्ष कैद र ३२ हजार जरिवाना ठहर भई फरार रहेका  “सवारी ज्यान मुद्धा” का कसुरदार कञ्चनपुर भिमदत्त नगरपालिका ४ बस्ने शाहलाई प्रहरीले पक्राउ गरेको हो ।


त्यस्तै २०७५ वैशाख २० गतेको फैसलाले ५ महिना कैद र ३१ हजार २०० जरीवाना ठहर भई फरार रहेका  “चोरी मुद्धा” का कसुरदार पुनर्वसा नगरपालिका ११ बस्ने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दुवै जनालाई अदालतमा पेस गरी कैद भुक्तानका लागि जेल चलान गरेको छ ।
 


Author

थप समाचार
x