समाज

२१ हजार नियन्त्रित औषधि ट्रामाडोल क्याप्सुल बरामद, पाँच जना पक्राउ

इकागज |
माघ १७, २०७८ सोमबार १८:२६ बजे

काठमाडौँ - प्रहरीको लागु औषध नियन्त्रण ब्‍यूरोले नियन्त्रित औषध ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकुलदगंगा गाउँपालिका-१ घर भई सिफल बस्‍दै आएका सुनिल भन्‍ने २५ वर्षीय निमा दोर्जे शेर्पा, चैनपुर नगरपालिका-८ बझाङ घर भई हाल काठमाडौंको गोकर्णेश्वरमा बस्‍दै आएका २९ वर्षीय उमेश कुमार केसी, म्यगङ गाउँपालिका-५ नुवाकोट घर भएका ३४ वर्षीय राजाराम दवाडी, मध्‍यनेपाल नगरपालिका-१ लमजुङ घर भई टोखा बस्‍दै आएका ३८ वर्षीय बद्रीनाथ पौडेल र ३० वर्षीय पेम्बा शेर्पा रहेका छन् ।


ब्यूरो र औषधि व्यवस्था विभागले संयुक्तरुपमा नियन्त्रित औषधि ट्रामाडोल करिब २१ हजार क्याप्सुलसहित उनीहरुलाई पक्राउ गरेको हाे । उपत्यकामा लागुऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको सूचनाको आधारमा ब्‍यूरोले काठमाडौंको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई औषधि ऐन २०३५ अनुसार कारबाहीका लागि औषधि व्‍यवपस्था विभाग बिजुलीबजार पठाइएको लागु औषध नियन्त्रण ब्‍यूरोका प्रमुख एसएसपी हृदय थापाले बताए ।


Author

थप समाचार
x