कोभिडको नक्कली रिपोर्ट दिने कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ
काठमाडौँ- महानगरीय प्रहरी अपराध महाशाखाले कोभिड-१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने कान्तिपुर अस्पतालको सामग्री र केही कर्मचारीलाई नियन्त्रणमा लिएको छ । मंगलबार तिनकुनेस्थित कान्तिपुर अस्पतालबाट सामग्री र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अस्पतालले वैदेशिक रोजगार जानेहरूको नक्कली रिपोर्ट उपलब्ध बनाएर दिएको उजुरी परेको थियो । प्रहरीले प्रयोगशालाको मेसिन र केही मानिसलाई नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ ।
म्यानपावर एजेन्सीले कान्तिपुर अस्पतालमै वैदेशिक रोजगारमा जानेलाई परीक्षण गर्न पठाउने गरेको थियो । कतिपय एजेन्सीको एजेन्टहरू स्वयम अस्पतालमा उपस्थित भइ रिपोर्ट बनाएर दिने प्रहरीमा उजुरी पर्ने गरेको छ ।
महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाकाअनुसार अस्पतालबाट केही सामग्री र मानिसलाई नियन्त्रणमा लिएका छौ । उनले भने,' अहिले उहाहरूको काम गरिरहेका छौ । सार्वजनिक गर्न मिल्दैन । केही समयपछि यस विषयमा सार्वजनिक गर्छौ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया