काठमाडौँमा घरेलु मदिरा उत्पादन गर्ने सात भट्टी नष्ट
काठमाडाैँ – काठमाडौँ तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित पाखो बारीमा जस्तापाता/बाँसले बेरेर बनाइएको टहरामा अवैधरूपमा घरेलु मदिरा उत्पादन गरिएको पाइएको छ । यसरी मदिरा उत्पादन गर्ने सातवटा भट्टी आज नष्ट गरिएको प्रहरीले जनाएको छ ।
आन्तरिक राजश्व कार्यालय बालाजुका प्रतिनिधि, तारकेश्वर नगरपालिकाका प्रतिनिधि तथा स्थानीयवासीको रोहबरमा भट्टी नष्ट गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएको छ ।
उत्पादन गर्ने व्यक्तिको खोजी जारी रहेको जनाइएको छ । प्रहरीले सात हजार लिटर तयारी घरेलु मदिरा र १५ हजार लिटर कच्चापदार्थ नष्ट गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया