कैलालीमा चरेससहित २ जना पक्राउ
कैलाली - प्रहरीले लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका १० उदासिपुरमा ४.५ किलोग्राम चरेस सहित बझाङ जिल्ला घर भई हाल गौरीगंगा नगरपालिका ८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र सोही ठाउँका ३० वर्षीय बिर्ख धामीलाई पक्राउ गरेको प्रबक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए
प्रहरीले उनीहरुले प्रयोग गरेको से २प ४११५ नम्बरको मोटरसाईकलसहित दुवैलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया