सिमकोटमा चार फिटसम्म हिउँ, पानी जमेर बरफ बन्यो
सुर्खेत : बिहीबारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।
सिमकोटमा बेलुकादेखि परेको हिउँ चार फिट जमेको छ । यहाँको तापक्रम माइनसमा झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायत क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका बासिन्दा प्रशान्त लामाले जानकारी दिए ।
उनका अनुसार हिमपातले मुचका खोलामा पानी जमेर बहाव कम भएको छ । सबैतिरको पानी जमेर पूरै ठोस भएको उनको भनाइ छ । “जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन, चिसोले खानेपानीका धारा जमेका छन्’’ उनले भने ।
अत्याधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँहरुसमेत सुनसान छन् । निरन्तर रुपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया