समाज

भरुवा बन्दुक बनाउने फलामे पाइपसहित दुई जना पक्राउ

इकागज |
माघ २३, २०७८ आइतबार १८:४३ बजे

झापा – मेचीनगर नगरपालिका २ स्थित भृकुटी इलाकाबाट माघ २१ गते सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाइपसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुम आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षीय तेजमान लिम्बु र झापा मेचीनगर नगरपालिका ४ बस्ने प्रविण भारती छन् ।


मे १ ह ६०५६ नम्बरको अटोमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भरुवा बन्दुक बनाउने उक्त पाइपसहित बारुद बनाउन प्रयोग हुने करीव ५८ के.जी. सोडा र ३ के.जी. ५ सय ग्राम गन्धक फेला पारेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद सामान र उक्त अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।


Author

थप समाचार
x