दुई फर्म विरुद्ध राजश्व चुहावटको आरोपमा मुद्धा दायर
फाइल फोटो
काठमाडौँ- राजस्व अनुसन्धान कार्यालय बुटवलले कर छलीको आरोपमा दुई फर्म विरुद्ध मुद्धा दायर गरेको छ । भारतबाट अवैध रूपमा चोरी निकाशी गरिएका समान खरिद तथा बेचबिखन गरेको भन्दै न्यू कालिका सप्लायर्सका प्रोपाइटर राजेन्द्र शर्माले तथा उनका दुई भारतीय सहयोगी विरूद्ध मुद्दा दायर गरेको हो ।
शर्माले आफ्नो फर्ममा आन्तरिक राजस्व कार्यालयमा अधुरो तथा झुटो विवरण पेश गरी पैठारी र खरिद तथा विक्री कारोबार लुकाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य बमोजिमको कसुर गरेको पुष्टि भएका भन्दै शर्मा विरुद्द निजले चुहावट गरेको राजस्वको विगो बमोजिम १ करोड ७२ लाख ६ हजार ५ सय २८ कायम गरी हदैसम्मको जरिवाना तथा कैद सजायको मागदावी गरिएको छ।
त्यस्तै भारतबाट अवैध सामान कालिका सप्लायर्ससम्म ल्याउन सहयोग पर्याउने ओजहुल कुमार मुसलमान र सवारी धनी सहाबुद्दिन आलमले राजस्व चुहावट गरेको भन्दै उनिहरूसँग १२ लाख ८४ हजार ८ सय ५७ मागदावी गरिएको छ।
त्यस्तै भारत मोतिहारी जिल्ला घोडासहन स्थायी ठेगाना भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका रंजित कुमार र निजको श्रीमती मनिसा जैसवालले आर्यन अक्षत स्टोर्सबाट विभिन्न शिर्षकमा राजश्व चुहावट भएको भन्दै ९२ लाख ४६ हजार ९८ रुपैयाँ बराबरको माग दाबी गरी मुद्धा दायर गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया